Latest Nepali Songs Lyrics. Nepal's Quality lyrics company. #Lyric_Nepal's



About Samaj ko kura -:


  • From the Album - Ma Dami Chhu 
  • Presenting to you - Samaj Ko Kura 
  • Written/ Performed by: Samriddhi Rai
  • Music Production: Brijesh Shrestha
  • Recorded in: Ness Studio 
  • Video by: Raeeela Production 
  • Cinematographer: Saurav Lamichhane/ Bishal Shrestha 
  • Editor: Saurav Lamichhane 
  • Nepal Hiphop Foundation - Choreography/ Dance Group  
  • Sonu Nepali - Co-ordinator
  • Labim Mall -  Location Partner 
  • Bawarchi Nepal - F&B Partner 
Video



  Samaj ko kura Lyrics: 


1st Verse 

जैले भेटे सोधिहाल्छन
- "बिहे कैले गर्ने ?"
"केहि साल लाग्ला" भन्दा
त्यो मन नपर्ने
"ठिकै छ चिन्ता छैन, मायालु छ साथमा"
अनी उ भन्छ "बर पार्नु आफ्नै जातमा"
"उसो भए अहिल्यैनै बिहे म गर्दिन"
उ भन्छ "बुडेश्कालमा एक्लै मर्न खोज्छौ तिमी किन ?" 

Chorus  
दैब हो, बुझाइदेउ समाजको कुरा यो
ए दैब हो, बुझाइदेउ समाजको कुरा यो 
हो ... लै बरि लै बरि
हो ... लै बरि लै

2nd Verse  
दुब्लो देखे भन्छन
"घरमा खाना दिदैन हुन्"
खाइलाग्दो देख्दा भन्छन
"ओइ! एता आइज टुनटुन "
साथिहरु धेरै भए
"बिग्रीयो हल्लिदै"
घरमा बसे बिलौना छ
"एक्कल काटे भन्दै"
यो गरे नि हुन्न हजुर्, त्यो गरे नि हुन्न
त्यसैले मग्न भई  झुमौ आफ्नै धुनमा    
Chorus Repeat 

Final Verse  
"छोरा छोरी बराबर रे" फुक्छन् संचार 
जीवन को दौडमा फेरी नारी कै हार
छोरालाई बनाउने रे "धेरै ठुलो मान्छे"
छोरी बन्नु पर्छ अरे "सिपलु भान्छे"
जुन देशमा देवी पुज्छन्, त्यही चेली हेला
आमाको नाममा पहिचान दिने बेला कहिल्यै हो ?  

Chorus Repeat